सर्लाहीको ब्रह्मापुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार रामपदारथ साह तेलीले ४४९८ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विनोदकुमार साहले ३१२१ मत ल्याएका छन्।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादवले ४४६६ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी गीतादेवी रायले ३१७० मत प्राप्त गरेकी छन्।
यसअघि यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले अध्यक्ष र उपाध्यक्ष जितेको थियो।