चितवनको भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट संयुक्त उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्।
१५३०८ गणना गर्दा रेनुले ५१३८ मतसहित अग्रता लिएकी छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५१२२ मतसहित पछ्याइरहेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २४१६ मत ल्याएका छन्।