पोखरा महानगरपालिकामा सत्तारूढ गठबन्धनले अग्रता कायमै राखेको छ।
महानगरमा हालसम्म गणना गरेको १३ हजार ६ सय ४३ मा गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५७४८ मतसहित अग्रता कायमै राखेका छन्।
उनलाई नेकपा एमालेका कृष्ण थापाले ५०७० मतसहित पछ्याइरहेका छन्।
तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालले ६५८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गनेश पौडेलले ३३१ मत पाएका छन्।
यस्तै उपमेयरमा भने नेकपा एमालेकी मञ्जु गुरूङले अग्रता बढाएकी छन्। उनले ५५६४ मत पाउँदा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५४७४ मत ल्याएकी छन्।