अछामको रामारोशन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका मानबहादुर साउदले ३ हजार १ सय २७ मत ल्याउँदै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पहल साउदले २८ सय ९७ मत प्राप्त गरेका छन्।
यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जनादेवी बुढा निर्वाचित भएकी छन्।
बुढा तीन हजार २८ मत ल्याइ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी वसन्ती धामी साउदले २७ सय २८ मत प्राप्त गरेकी छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष–उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो।