सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका उम्मेदवाहरुको मत बराबर आएपछि गोलाप्रथाबाट परिणाम घोषणा गरिएको छ।
कांग्रेसका उम्मेदवार बलबहादुर रोकाया र एमालेका उम्मेदवार चन्द्रबीर रावतबीच बराबरी मत आएको थियो।
वडा नम्बर ३ को अन्तिम मत परिणामअनुसार उनीहरू दुबैले समान ६७३-६७३ मत ल्याएका थिए।
गोलाप्रथाबाट विजेता घोषणा गरिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले सेतोपाटीलाई जानकारी दिए।