डोटीको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।
गाउँपालिका प्रमुख, उपप्रमुखदेखि वडाध्यक्ष र वडासदस्य पनि कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।
यहाँ कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्याय अध्यक्ष निर्वाचित भए। उनले ५१३३ मत ल्याएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार कृष्णकुमार खड्कालाई हराएका हुन्। खड्काले जम्मा २२०५ मत ल्याएका थिए।
उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का विजयी भइन्। उनले ४७२४ मत ल्याएकी छन्। एमालेकी उम्मेदवार शारदकुमारी साउदले २४४४ मत ल्याएकी छन्।
सातै वडा अध्यक्षसहित सदस्यहरू पनि कांग्रेसले जितेको छ।
०७४ मा यहाँ नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो।