धरान उपमहानगरपालिकाको मेयर पदमा मत गणनाको सुरूदेखि नै तेस्रोमा रहेको नेकपा एमाले दोस्रो स्थानमा मत बढाइरहेका छन्।
एमाले दोस्रोमा उक्लिएसँगै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ तेस्रो स्थानमा रहेर एमालेलाई पछ्याइरहेका छन्।
मेयर पदमा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ३५७२ मत पाउँदा एमालेकी मञ्जु भण्डारीले २७४७ मत ल्याएर पछ्याइरहेकी छन्।
यसअघि निरन्तर दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार साम्पाङ २५९४ मतसहित तेस्रोमा झरेका छन्।
उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघाले ३८७९ मतसहित अग्रता कायम राख्दा एमाले उम्मेदवार पदम इस्बो लिम्बू ३३१९ मतसहित उनलाई पछ्याइरहेका छन्।