काठमाडौंको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले गठबन्धनको भन्दा झन्डै चार गुणा बढी मत प्राप्त गरेकी छन्।
सोमबार दिउँसो साढे १ बजेसम्मको अपडेट अनुसार डंगोलले ६३४६ मत पाएकी छन्।
गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १७८४ मत पाएका छन्।
यो मत डंगोलको भन्दा चार गुणा कम हो। उनीहरूबीच चार हजार ५६२ मतको अन्तर छ।
डंगोल सुरूदेखि नै अग्रता लिँदै आएकी थिइन्।