दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।
अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपती यादव विजयी भएका हुन्।
बुढाथोकीले ३ हजार ९८० मत पाएका छन् भने दोस्रो भएका माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १६७ मत पाए।
उपाध्यक्षमा यादवले ३ हजार ८३६ मत पाइन्। दोस्रो भएकी माओवादी केन्द्रकी पुष्पा यादवले ३ हजार ३४८ मत पाइन्।
धनपती यसअघि पनि उपाध्यक्ष थिइन । यो पालिकामा २०७४ सालमा पनि काँग्रेसले नै जितेको थियो ।