दैलखेको महाबु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मण गुरूङ विजयी भएका छन्।
उनले दुई हजार ९७९ मत पाएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उपाध्यायले २५१९ मत पाएका छन्।
नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २२६८ मत पाएका छन्। उनी ०७४ मा नेकपा एमालेबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए।
यस्तै उपाध्यक्षमा मन्जु पाण्डे निर्वाचित भइन्। पाण्डेले ३ हजार १५५ मत ल्याएकी छन्।
एमालेबाट उम्मेदवार दुर्गाकुमारी सिंहले २ हजार ३०१ मत र नेकपा एकीकृत समाजवादीका पुन्यप्रभा दशौदीले २ हजार १३३ मत ल्याएकी छन्।
६ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा कांग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेका छन्।