संखुवासभाको खाँदवारी नगरपालिकामा नेपाली कांग्रेसले मेयर जितेको छ।
सत्ता गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेका महेश थपलिया निर्वाचित भएका छन्। उनले ७६३४ मत पाएका छन्। उनका निकटतम प्रतिष्पर्धी एमालेका जितबहादुर घिमिरेले ५५८९ मत पाए।
उपमेयरमा भने एमालेकी महेश्वरा श्रेष्ठ विजयी भएकी छन्। उनले ६३८५ मत पाएकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका दिव्यराज बरालले ५१४७ मत ल्याए।
खाँदबारीमा २०७४ मा मेयर र उपमेयर दुबै एमालेले जितेको थियो।