काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत गणना अनुसार शाहले ६८९३ मत पाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ३६४४ मत ल्याएर पछ्याइरहेका छन्।
तेस्रोमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३२०८ मत पाएकी छन्।
हालसम्म काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र दुईको मतगणना सकिएको छ।
वडा नम्बर १ बाट बालेन शाहले ७८३ मत पाउँदा एमालेले ३६५ र कांग्रेसले ४५१ मत पाएको छ।
यस्तै वडा नम्बर २ बाट बालेनले १२२० मत पाउँदा कांग्रेसले ४९७ र एमालेले ७२८ मत ल्याएकी छन्।
महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ।