चितवनको भरतपुरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ। पछिल्लो मतगणना अनुसार नेकपा एमालेका गठबन्धन उम्मेदवारले ४१८२ मत पाएर अग्रता लिएका छन्। उनलाई सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले ४१४७ मत पाएर पछ्याइरहेकी छन्।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १७५३ मत पाएका छन्।
यस्तै उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। नेपाली कांग्रेसका चित्रशेन अधिकारीले १७४१ मत पाउँदा एमालेसँग गठबन्धन गरेको राप्रपाकी हिमला गुरूङले ३२५८ मत पाएकी छन्।
मतगणना जारी छ। हालसम्म १२ हजार १६२ गणना भएको छ।