तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन्।
आज आएको मतपरिणामअनुसार श्रेष्ठले चार हजार नौ सय ५० मत ल्याएर अध्यक्ष जितेको निर्वाचन अधिकृत नवराज आचार्यले सेतोपाटीलाई बताए।
कांग्रेसबाट अध्यक्ष उम्मेदवार मायादेवी राना आलेले चार हजार दुई सय ३२ मत ल्याएकी थिइन्।
यहाँ नेपाली कांग्रेसले उपाध्यक्ष जितेको छ।
कांग्रेसका बालकृष्ण घिमिरेले पाँच हजार ३९ मत ल्याएर उपाध्यक्ष जितेका छन्।
०७४ मा यहाँ कांग्रेसले अध्यक्ष जितेको थियो।