बुटवल उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले अग्रता बढाएका छन्।
अहिलेसम्म उनले ४९६९ मत पाएका छन् भने एमाले उम्मेदवार बाबुराम भट्टराईले ३२२९ मत पाएका छन्।
उपमेयरमा भने एमालेकी सावित्रादेवी अर्याल सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीका चीनबहादुर गुरूङलाई पछि पारेकी छन्।
अर्यालले ३७२८ मत ल्याउँदा गुरूङले २९४१ मत पाएका छन्।