सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपाल पञ्जियार निर्वाचित भएका छन्।
उनले नेकपा माओवादी केन्द्रका सुनिल कुमार बुढाथोकीलाई ३ हजार ५१ मतले पछि पार्दै पञ्जियार विजयी भएका हुन्।
उनले ६ हजार ९ सय ३८ मत प्राप्त गर्दा बुढाथोकीले ३ हजार ८ सय ८७ मत पाएर विजयी भए।
उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। कांग्रेसकी नीलम राय यादव ५ हजार ५ सय ८३ मत ल्याएर निर्वाचित भएकी हुन्। उनले नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले ४ हजार ७६ मत मात्रै ल्याइन्। तेस्रो भएकी माओवादी केन्द्रकी अनिता देवीले ३४९८ मत पाइन्।
यसअघि मेयर उपमेयर दुबैमा जित निकालेको एमाले यसपालि चौथो भएको छ।