कालिकोटको तिलागुफा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन्।
२ हजार ९१६ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले २ हजार ५४० मत पाएका छन्।
उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। उनले २ हजार ७५९ मत ल्याएका छ्न।
नेकपा माओवादी केन्द्रकी गीताकुमारी ओलीले २ हजार ४१५ मत ल्याएकी छन्।
तिलागुफामा ०७४ मा माओवादीका रतनबहादुर शाही र उपप्रमुखमा दन्ता नेपाली निर्वाचित भएका थिए।
अहिले मेयर जितेका उपाध्याय २०५६ मा पराजित भएका थिए।