तनहुँको भानु नगरपालिका वडा नम्बर १३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारीले जितेका छन्।
उनी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पूर्वस्वकीय सचिव हुन्। उनले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए।
उनी भानु नगरपालिका वडा नम्बर १३ का कांग्रेस पार्टी सभापति पनि हुन्। उनले भुइँकटहर चिन्ह लिएर चुनाव उठेका थिए।
उनले ४२ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर बानियाँलाई पराजित गरेका हुन्। अधिकारीले पाँच सय २१ मत ल्याएका छन्। बानियाँले चार सय ६५ मत ल्याएका थिए।