सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका सूर्यबहादुर राईले २१०० मत प्राप्त गरी गाउँपालिका अध्यक्ष पद जितेका छन्। उनका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका सागर किरातीले १६२६ मत प्राप्त गरे भने एमालेका भक्त राईले १४५३ मत पाएका छन्।
उपाध्यक्षमा पनि कांग्रेसकै विपना कुलुङ विजयी भएकी छन्। उनले १९२९ मत प्राप्त गरी एमालेकी शुभधनी कुलुङलाई पछि पारेकी हुन्। एमाले उम्मेदवार शुभधनीले १७३३ मत पाएकी छन्।