कैलालीको घाेडाघाेडी नगरपालिकामा-११ मा जसपाका दानसिंह जाेगी विजयी भएका छन्।
आफूले हारें ठानेर उनी घर फर्किएका थिए। तर घर पुगेका जाेगीले आफू निर्वाचित भएको कुरा फेसबुकबाट थाहा पाए। अनि मतगणनामा फर्किए।
मतगणना हुँदा सुरूदेखि नै प्रतिस्पर्धामा रहेका उनी अन्तिमसम्म पनि जित्नेमा ढुक्क थिएनन्। त्यसैले उनी घर फर्किएका थिए।
कांग्रेसका उम्मेदवार विजयी भएको ठानेर मत गणनास्थलबाट उनी घर हिँडेका थिए। मत परिणाम घाेषणा हुँदा वडा अध्यक्षमा जाेगी विजय भएको निर्वाचन अधिकृत भानदेव जाेशीले बताए।
घर पुगेका जाेशीले आफू निर्वाचित भएको कुरा फेसबुकबाट थाहा पाएर मत गणनामा फर्किए।
उनले ६७२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार कठरियाले ६६९ मत प्राप्त गरे।
नेपाली कांग्रेसले भने घाेडाघाेडी नगरपालिका ११ मा पुनः मत गणनाकाे माग गर्दै नाराबाजी गरिरहेकाे छ।
कांग्रेसले जितेकाे हल्ला चले पनि ३ मतले जसपाका दानसिंह जाेगी विजयी भएपछि कांग्रेसले असन्तुष्टि जनाउँदै पुन: गणनाकाे माग गरेकाे हाे।
जाेगीले ६७२ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार कठरियाले ६६९ मत प्राप्त गरे।
जाेगी ३ मतअन्तरले विजयी भएका हुन्।