तेह्रथुमको आठराई गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बलिराज इङ्नाम विजयी भएका हुन्।
अध्यक्षमा पाहिमले ४ हजार ६९९ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरे।
उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी माओवादीका ईङनाम विजयी भएका हुन्। निवर्तमान उपाध्यक्षसमेत रहेकी एमालेकी उम्मेदवार रूपादेवी कन्दङवालाई १० मत अन्तरले पछि पार्दै ईङनाम विजयी भएका हुन्।
कन्दङवाले ४ हजार ७० मत प्राप्त गरिन्।
पालिका अध्यक्षमा निर्वाचित पाहिम यसअघि वडा नं. २ को वडाध्यक्ष थिए। अघिल्लो निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत जितेको पालिकामा गठबन्धनले बहुमत स्थान जितेको छ।