दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार नरूलाल चौधरीले अग्रता लिएका छन्।
प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार नेकपा माओवादीका हेमराज शर्मालाई पछिल्लो समय नरूलालले झन्डै एक हजार मतान्तरणले पछाडि पारेका छन्।
घोराहीमा गठबन्धनका उम्मेदवार मेयर शर्माले सुरूदेखि नै अग्रता लिँदै आएको भए पनि पछिल्लो समय नरूलाले उछिनेका हुन्।
करिब २६ हजार मत गणना गर्दा नरूलाललाई १० हजार ५ सय ८३ र शर्मालाई ९ हजार ५ सय १ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका भूपबहादुर डाँगीको अग्रता छ।
डाँगीले १० हजार ३ सय २ मत प्राप्त गर्दा एमालेकी उपमेयर पदकी उम्मेदवार हुमा डिसीले १० हजार १ सय ७५ मत प्राप्त गरेकी छन्।
घोराही उपमहानगरपालिकामा ७६ हजार ५ सय २१ मत खसेको थियो।