सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीले अग्रता कायमै राखेको छ।
हालसम्मको गणना अनुसार जनमत पार्टीका मेयरका उम्मेदवार वीरेन्द्र माझीले ३८१८ मत ल्याएर अग्रता कायम गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का शैलेशकुमार साहले २८०६ मत ल्याएका छन्।
निवर्तमान मेयर समेत रहेका साह मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन्।
उपमेयरमा पनि जनमत पार्टीकै उम्मेदवारले अग्रता कायम गरेकी छन्।
जनमतकी रेखादेवी मण्डलले हालसम्मको गणनामा ३३५५ मत ल्याउँदा जसपाकी सरिता देवी यादव सिपालियाले ३०१८ मत ल्याएकी छन्।
जनमतका मेयर र उपमेयर दुबै उम्मेदवारले सुरूदेखि नै अग्रता कायम गरेका छन्।