मत गणनाको सुरूदेखि नै तेस्रोमा सीमित एमाले धरान उपमहानगरपालिकाको मेयर पदको मत गणनामा दोस्रो स्थानमा उक्लिएको छ।
एमाले दोस्रोमा उक्लिएसँगै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ तेस्रो स्थानमा रहेर एमालेलाई पछ्याइरहेका छन्।
मेयर पदमा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईले ३३२२ मत पाउँदा एमालेकी मन्जु भण्डारीले २५०३ मत ल्याएर पछ्याइरहेकी छन्।
यसअघि निरन्तर दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार साम्पाङ २३२५ मतसहित तेस्रोमा झरेका छन्।
उपमेयरमा गठबन्धनका माओवादी उम्मेदवार अइन्द्र बेघाले ३५९१ मतसहित अग्रता कायम राख्दा एमाले उम्मेदवार पदम इस्बो लिम्बू ३००० मतसहित उनलाई पछ्याइरहेका छन्।