सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
यहाँ कांग्रेस उम्मेदवार रामाश्रेय साह निर्वाचित भएका हुन्।
उनी यसअघि पनि यहाँका अध्यक्ष थिए।
रामाश्रेयले ४४७७ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका फकिरा महतोले ३३७८ पाएका छन्।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै अकली देवी सहनी विजयी भएकी छन्। उनले ४५०४ मत पाएकी छन्। उनकी निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नीलमदेवी सहनीले ३२२५ पाएका छन्।