बझाङको मष्टा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वटा वडामा गठबन्धनका तर्फबाट कांग्रेस विजयी भएको छ।
अध्यक्षमा कांग्रेसका ज्ञानबहादुर बोहरा, उपाध्यक्षमा माओवादीका हर्कबहादुर धामीसहित ६ वडामा गठबन्धन विजयी भएको हो।
अध्यक्ष पदका उम्मेदवार ज्ञानबहादुर बोहराले ३०८३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका दिपक रोकायाले २३३७ मत पाए।
बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए।
यस्तै गाउँपालिका उपाध्यक्षमा धामीले नेकपा एमालेका उम्मेदवार शर्मीला रोकायालाई ४८७ मतले पछि पार्दै विजयी बने। हर्कराजले २८१७ मत प्राप्त गरे भने शर्मीलाले २३३० मत ल्याइन्।