वीरगन्ज महानगरपालिकामा उपमेयरका उम्मेदवारलाई खसेका मतमध्ये सदरभन्दा बदर धेरै भएका छन्।
प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार ८५७३ मतमध्ये उपमेयरहरूलाई खसेका ३८५४ मत सदर भएका छन्। बदर मतको संख्या भने ४७१९ छ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलमले २८१६ मत ल्याएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका उपमेयर उम्मेदवारले पुरूषोत्तम लाल झाले ४६३ मत ल्याएर दोस्रो स्थानमा छन्। त्यस्तै राप्रपाकी उपमेयर उम्मेदवारले बिना जैसवालले २०८ मत पाएकी छन्।
त्यस्तै सत्ता गठबन्धनबाट जसपाका मेयर उम्मेदवार राजेशमान शाक्यले आफ्ना प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मत ल्याएका छन्।
८५७३ मत गन्दा उनले ४१७५ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।
उनका अनुसार एमालेका मेयर उम्मेदवार विजय सरावगीले १८८४ मत ल्याएका छन्। राप्रपाका मेयर उम्मेदवार गिरीश गिरीले १३४ मत ल्याएका छन्।