सुदूरपश्चिममा मत गणना सम्पन्न स्थानीय तहमा कांग्रेस र माओवादी ७ /६ ठाउँ र एमालेले ५ ठाउँ विजयी भएको छ।
सोमबार बिहानसम्म एमालेले बझाङकाे थलारा, साइपाल, दार्चुलाकाे महाकाली, डाेटीकाे जाेरायल, बैतडी पञ्चेश्वरमा जितेकाे छ।
यस्तै, माओवादीले दार्चुलाकाे मार्मा, लेकम, नाैगाड, अपीहिमाल, डडेल्धुराकाे आलिताल र डाेटीकाेे बाेगटान फुड्सीलमा नेतृत्व लिएकाे छ।
कांग्रेससँग गठबन्धन गरेर माओवादीले जितेकाे छ।
यस्तै, कांग्रेसले डडेल्धुरा गन्यापधुरा, नवदुर्गा, अछामकाे ढकारी, बाजुराकाे स्वामीकार्तिक खापर, डाेटीकाे बडीकेदार र बैतडीकाे शिवनाथमा जित हात पारेकाे हाे।
अछामकाे कमलबजार नगरपालिकामा नेपाली कांग्रेसले जितेकाे छ।
प्रदेशका ८८ स्थानीय तहमध्ये केही बाहेक अधिकांश स्थानीय तहमा मतगणना जारी छ।
मत परिणाम आउने क्रम जारी छ।