रोल्पा नगरपालिमाको मेयरमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्ती ७६०३ मतका साथ निर्वाचित भएका छन्।
उनले निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाको भन्दा दोब्बर मत प्राप्त गरेका छन्।
शेरबहादुरले ३६५८ मत प्राप्त गरेका छन्। त्यस्तै अर्का उम्मेदवार एमालेका घनश्याम आचार्यले ५२४ मत प्राप्त गरेका छन्।
रोल्पाको उमपेयरमा पनि माओवादी केन्द्रकी गिता आचार्य विजयी भएकी छिन्।
गिताले ७७४१ मत प्राप्त गरिन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा श्रेष्ठले ३७१९ मत प्राप्त गरेकी छिन्।