तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयर पदमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहाङफे विजयी भएका छन्।
तुम्बाहाङफेले ५११७ मतका साथ जित हात पारेका हुन्। उनले २०७४ को निर्वाचनमा पनि जित हासिल गरेका थिए।
उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका अर्जुनकुमार तुम्वाहाङफेले ४४७८ मत प्राप्त गरे।
त्यस्तै उपमेयरमा एमालेकै जमुनादेवी सुवेदी विजयी भएकी छिन्। उनले ५२१० मत प्राप्त गरेकी छिन्।
जमुनाले नेपाली कांग्रेसकी उम्मेदवार पार्वती सानु डाँगीलाई पराजित गरेकी हुन्। पार्वतीले ४४१४ मत प्रात गरेकी थिइन्।