हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।
अहिलेसम्म ५० बढी स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ। सोमबार बिहान २ बजेसम्मको अपडेटमा कांग्रेस र एमालेले बराबर स्थानीय तहमा जित हासिल गरेका छन्।
कांग्रेस र एमालेले २१/२१ वटा स्थानीय तहमा जित हासिल गरेका हुन्।यस्तै, नेकपा माओवादी केन्द्रले १६ स्थानीय तहमा जित हासिल गरेको छ। नेकपा एकीकृत समाजवादीले २ वटा स्थानीय तहमा जितेको छ।
यसैगरी, २५७ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने १८३ मा एमालेले अग्रता लिएको छ। माओवादी केन्द्रले ९८ स्थानीय तहामा अग्रता लिएको छ भने एकीकृत समाजवादीले १७ स्थानीय तहमा लिड गरिरहेको छ।
नेकपा एमाले विजयी भएका पालिकाहरू:
1. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
2. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
3. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
4. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
5. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
6. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
7. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
8. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
9. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
10. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
11. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
12. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
13. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
14. दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
15. स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
16. बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
17. दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
18. नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
19. रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
20. इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
21. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:
1. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
2.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
3. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
4. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
5. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
6. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
7. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
8. हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
9. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
10. बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
11. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
12. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
13. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
14. बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
15. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
16. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
17. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा
18. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
19. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती
20. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
21. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत