इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हेमन्त राई निर्वाचित भएका छन्।
राई ३८१८ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकेन्द्र इदिङगोले ३४९५ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा जनता समाजवादी पार्टीका विनोद कुमार नेम्बाङ विजयी भएका छन्। उनले एमालेकी सुनिता सुब्बालाई पछि पार्दै विजयी भएका हुन्।
नेम्बाङले ३७२९ मत ल्याउँदा सुब्बाले ३०४६ मत प्राप्त गरेकी छिन्।
यसअघिको निर्वाचनमा भने कांग्रेसका डिकेन्द्र इदिङगो विजयी भएका थिए।
त्यो बेला उनले एमालेका हेमन्त राईलाई नै पछि पारेका थिए। यसपालि भने राईले मत उल्ट्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।