वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ।
तर ठूलो जनसंख्या भएको काठमाडौं महानगरसहित देशभरका ६ वटा महानगरको मतगणना सुस्त गतिमा अघि बढिरहेको छ। लाख भन्दा धेरै मत गन्नुपर्ने महानगरपालिकाहरूमा अहिलेसम्म १० हजार भन्दा धेरै मतगणना हुन सकेको छैन।
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् भने बाँकी ५ वटा महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्।
काठमाडौंमा बालेन शाहले ४६६४ मत ल्याएर अग्रता लिइरहेका छन् भने केशव स्थापितले २४०५ र सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छन्।
त्यस्तै, भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल २९१८ मत ल्याएर अग्रता लिइरहेकी छन्। एमालेका विजय सुवेदीले २९१५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत ल्याएका छन्।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ११६६ मत प्राप्त गरेका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकारले ५१० मत ल्याएका छन्।
विराटनगरमा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले २५८३ मत प्राप्त गरेका छन्। एमालेका मेयर उम्मेदवार सागरकुमार थापाले १३१५ मत प्राप्त गरेका छन्।
पोखरा महानगरपालिमा एकीकृत समाजवादीका धनराज आचार्यले ११२१ मतका साथ अग्रता लिइरहेका छन्। त्यस्तै, एमालेका कृष्ण थापाले ८५४ मत प्राप्त गरेका छन्।
वीरगञ्ज महानगरपालिकामा जसपाका राजेशमान सिंह २६०४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका मेयर उम्मेदवार विजय सराबगी ११८९ मत ल्याएका छन्।