हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।
अहिलेसम्म ५० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये नेपाली कांग्रेसले १७ वटा स्थानीय तहमा जित हात पारेको छ।
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:
1. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
2.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
3. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
4. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
5. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
6. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
7. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
8. हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
9. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
10. बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
11. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
12. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
13. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
14. बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
15. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
16. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
17. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा