हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।
अहिलेसम्म ५० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ।
अहिलेसम्म मनाङका सबै पालिकाहरूको परिणाम आएको छ।
नेकपा एमाले विजयी भएका पालिकाहरू:
1. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
2. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
3. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
4. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
5. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
6. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
7. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
8. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
9. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
10. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
11. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
12. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
13. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
14. दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
15. स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
16. बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
17. दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
18. नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
19. पाल्पाको पूर्वखोला गाउँपालिकामा: अध्यक्ष नुनबहादुर थापा