दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता फराकिलो पार्दै लगेका छन्।
घोराहीमा गठबन्धनबाट प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले ४५४७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरूलाल चौधरीले ३७२६ मत प्राप्त गरेका छन्। चौधरी यसअघि घोराहीको मेयर पद जितेका थिए।
अहिलेसम्म एमालेका उम्मेदवार चौधरीभन्दा गठबन्धनका उम्मेदवार शर्मा ८२१ मत अन्तरले अघि छन्। त्यस्तै घोराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सरिता देवकोटाले ७७८ मतका साथ तेश्रो स्थानमा छन्।
उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भूपबहादुर डाँगीले ४८६० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उपप्रमुखमा एमालेबाट उम्मेदवार बनेकी हुमा डिसीले अहिलेसम्म ३६१९ मत प्राप्त गरेकी छन्।
घोराही उपमहानगरपालिकामा ७६५२१ मत खसेको थियो। जसमध्ये करिब दस हजार मत मात्रै गणना भएको छ।