बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्ण सिंह साउद विजयी भएका छन्। विजयी भएका साउदले ३ हजार १ सय ६५ मत प्राप्त गरे। शिवनाथमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। साउदले नेकपा एमालेका हजारी सिंह साउदलाई पराजित गरेका हुन्। पराजित भएका एमालेका साउदले २ हजार ८ सय ४९ मत प्राप्त गरे।
उपाध्यक्षमा भने नेकपा एमालेकी शकुन्तला साउद विजयी भएकी छिन्। शकुन्तलाले २ हजार ८ सय १७ मत प्राप्त गरिन्।गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमेयर उम्मेदवार नरेन्द्र साउदले ३ हजार ६ सय ९९ मत प्राप्त गरेर पराजित भएका छन्।