सुनसरीको इटहरी उपमहानगरको मेयर पदमा गठबन्धनले अग्रता जारी राख्दा उपमेयरमा एमाले उम्मेदवार अगाडि छन्।
मेयर पदमा गठबन्धनका कांग्रेस उम्मेद्वार हेमकर्ण पौडेलले ३५ सय २५ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका एमाले उम्मेदवार याम सुब्बा २७ सय २८ मत पाएका छन्।
उपमेयरमा एमाले उम्मेदवार संगीता चौधरी २९ सय ७२ मत पाएकी छन्।
गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका केशव विष्ट २१९५ मतसहित दोस्रोमा छन्।