सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
बुढाथोकीले ४ हजार ५८ मत प्राप्त गरे। बुढाथोकीका प्रतिस्पर्धी नेकपा माओवादीका डिल्लीराज जैसीले ४ हजार १२ मत प्राप्त गरेका थिए।
त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेका लालबहादुर रावत विजयी भएका छन्। निर्वाचन परिणाम अनुसार उनले ४ हजार ४३ मत प्राप्त गरेका हुन्।
यहाँ, कांग्रेस-एमालेले चुनावी तालमेल गरेका थिए। २०७४ सालमा यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो।
कुमाख गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का स्वकीय सचिव रमेश मल्लको घर रहेको ठाउँ हो।
सल्यानमा हालसम्म नेपाली कांग्रेसले १८ वडाध्यक्ष जितेको छ भने नेकपा माओवादी केन्द्र १४ र नेकपा एमालेले ७ वडाहरू जितेको छ।