धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ।
अहिलेसम्मको गणनाअनुसार एमालेका मेयर उम्मेदवार सुखदेव यादवले ११९६ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका मेयर उम्मेदवार योगेन्द्र पंजियारले १०८८ मत पाएका छन्। निवर्तमान मेयर समेत रहेका पंजियार कांग्रेस धनुषाका सभापति हुन्।
त्यसैगरी उपमेयरमा पनि एमालेकी सालिनी चौधरी अगाडि छिन्। उनले १११९ मत प्राप्त गर्दा कांग्रेसकी उपमेयर उम्मेदवार रचना माथेमाले ९२० मत प्राप्त गरेकी छिन्।