दार्चुलाको मार्मा गाउँपालिकामा सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जमनसिंह धामी अध्यक्षमा निर्वाचित भएका छन्।
मत गणनाको अन्तिम परिणामअनुसार धामीले ३ हजार ८ सय १३ मत प्राप्त गरेका छन्।
उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार देवसिंह महर ३ हजार ८४ मत ल्याएका छन्।
त्यस्तै, उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी शर्मिला सिंह निर्वाचित भएकी छन्। सिंहले ३ हजार २ सय २३ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेकी राजु धामीले २ हजार ८ सय ५३ मत ल्याएकी छन्।