जनकपुरधाम उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता बढाएका छन्।
हालसम्मको गणनामा मनोजले १९१८ मत ल्याएका छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह 'हिरा'ले ९१८ मत ल्याएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) उम्मेदवार मनोज चौधरीले ३११ मत ल्याएका छन्।
सतारुढ गठबन्धनबाट जनता समाजवादी (जसपा) का उम्मेदवार लालकिशोर साह उनीभन्दा झन्डै ८ गुणा मतान्तरले पछि परेका छन्। लालकिशोरले २४५ मत मात्र प्राप्त गरेका छन्।
उपमेयरमा भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशाेरी साहले १८७६ मत ल्याएर अग्रस्थानमा छन्।
त्यसैगरी एमालेकी रूना झाले ९९६ र लोसपाकी रिता झाले ३४१ मत ल्याएका छन्।
मतगणना अहिले जारी छ।