नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको आरोप लगाएका छन्।
नेकपा एमालले आजै विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा सत्ता गठबबन्धनले धाँधली गरेको आरोप लगाएको थियो।
एमालेको आरोपबारे माइक्रो ब्लगिङ साइट ट्विटरमा महामन्त्री थापाले टिप्पणी गरेका हुन्।
थापाले लेखेका छन्- 'मतदानसम्म ठिक, मतगणनाको प्रारम्भमा पनि ठिक। तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले) ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु, ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।'
सम्बन्धित समाचार : स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप