सुनसरीको इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार हेमकर्ण पौडेलले ३ हजार २१ मत पाउँदा एमालेका यामकुमार सुब्बाले २२ सय ९४ मत ल्याएका छन्।
उपमेयरमा भने एमाले उम्मेदवारको अग्रता लिएकी छन्।
एमालेकी संगीता चौधरीले २५ सय १९ मत ल्याएकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका केशवकुमार बिष्टले १९ सय २४ मत ल्याएका छन्।
अहिले वडा नम्बर १,२, १९ र २० को मतगणना जारी छ। अहिलेसम्म ५७ सय ५३ सय मत गणना भएको छ।