बर्दिया जिल्लाका आठ पालिकामध्ये चारवटामा नेपाली कांग्रेस र नेकपा एमाले एउटामा अग्रता लिएका छन्। यी मध्ये चार पालिकामा एकिकृत माओवादीभने दोस्रो स्थानमा छ। एउटामा भने एमाले दोस्रोमा छ।
निर्वाचन आयोगका अनुसार गेरूवा गाउँपालिकामा कांग्रेसका मेयर उम्मेदवार जमान सिं केसीले २ हज़ार ७ सय ३८ र उनलाई पछ्याइरहेका माओवादी मेयर उम्मेदवार विश्वबहादुर थारूले २ हजार ४ सय २९ ल्याएका छन्।
मधुवन नगरपालिकामा कांग्रेसका मेयर उम्मेवार तेजबहादुर भाटले ४ हज़ार ६ सय ३२ र माओवादीका मेयर उम्मेदवार लक्ष्मी प्रसाद शर्माले ३ हज़ार ७ सय ६३ ल्याएका छन्।
गुलरिया नगरपालिकामा कांग्रेसका मुक्तिनाथ यादवले ३ हजार ४ सय ५० र उनलाई पछ्याइरहेका एमालेका मेयर उम्मेदवार अमरबहादुर खड्काले ३ हजार ७३ ल्याएका छन्।
बारबर्दिया नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार छविलाल थारूले ५ हजार ९ सय ९१ र उनलाई पछ्याइरहेका माओवादी केन्द्रका मेयर उम्मेदवार दशरथ अगलपथ थारूले ४ हजार २ सय १० ल्याएका छन्।
बासगढी नगरपालिकामा एमाले मेयर उम्मेदवार खडकबहादुर खड्काले ३हजार ५ हज़ार ६३ र माओवादी केन्द्रका मेयर उम्मेदवार भवनकुमार थारूले ३ हज़ार २ सय २८ ल्याएका छन्।
बर्दियाका राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकाको मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छैन।