विराटनगर महानगरपालिकाको प्रमुख पदमा विपक्षीभन्दा नागेश कोइराला ८०२ मतले अगाडि देखिएका छन्।
निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको मत परिणामअनुसार कोइरालाको मतअन्तर बढ्दै गएको हो।
भर्खरै घोषित विवरणअनुसार गणना भएको ९२७४ मतमध्ये कोइरालाको पक्षमा २९३२ मत छ।
यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापालाई २१३० मत प्राप्त भएको छ। स्वतन्त्र उम्मेदवार उमेश यादव तेस्रो स्थानमा छन्। उनले ९६१ मत पाएका छन्।
प्रमुख पदमा गठबन्धनका उम्मेदवार कोइरालाको मतान्तर बढ्दै जाँदा उपप्रमुखमा भने एमालेकी उम्मेदवार शिल्पा कार्कीले पनि मतान्तर बढाउँदै लगेकी छिन्। उनले ७९४ मत बढी ल्याएकी छन्।
उपप्रमुख पदमा भने गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले एमालेकी उम्मेदवार शिल्पा कार्की अगाडि देखिएकी छिन्। उनले २४७२ मत ल्याउँदा गठबन्धनका अमरेन्द्र यादवले १६७८ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले उपप्रमुखमा ५४५ मत पाएकी छिन्।