पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार धनराज आचार्यले १३४९ मत ल्याएका छन्।
उनलाई पच्छ्याइरहेका एमालेका कृष्ण थापाले १२५० मत पाएका छन्। आचार्य थापाभन्दा ९९ मतले अघि छन्।
उपमेयरमा पनि सत्ता गठबन्धनले नै अग्रता लिएको छ।
उपमेयरमा साझा उम्मेदवार कांग्रेसकी कोपिला रानाभाटले १४५० मत ल्याएकी छन् भने एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले १४०५ मत ल्याएकी छन्।