नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई बढाउँदै लगेका छन्।
पछिल्लो मत परिणाम अनुसार उनी करिब २०४५ मतान्तरले प्रतिस्पर्धी भन्दा अगाडि छन्।
मेयरका उम्मेदवार विष्टले ३७९६ प्राप्त गरेका छन्।
त्यसपछि नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले १७५१ र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दलाल वैश्यले १७०७ मत प्राप्त गरेका छन्। मिश्रालाई बैश्यले पछ्याइरहेका छन्।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार कमरुद्धिन राईले २८४५ मत प्राप्त गर्दा राप्रपाका विन्दु चर्ती मगरले १७७४ मत प्राप्त गरेकी छन्।
यहाँ एमालेकी शान्तिदेवी ढकालले ११९० मतका साथ तेस्रो स्थानमा छिन्।
नेपालगञ्जमा ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो।