घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार नरूलाल चौधरीले मतान्तर केही घटाएका छन्।
नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) भन्दा झन्डै ४०० बढी मतान्तरले पछाडि रहेका चौधरीले पछिल्लो समय त्यो मतान्तर घटाएर २०० मा पुर्याएका छन्।
सार्वजनिक पछिल्लो परिणाम अनुसार गठबन्धनका उम्मेदवार शर्माले ६२०८ मत प्राप्त गरी लिड गरिरहेका छन्। त्यस्तै, एमालेका चौधरीले ६००१ मतका साथ पछ्याइरहेका छन्।
माओवादीका केन्द्रीय सदस्य शर्माले सुरूदेखि नै एमाले पोलिटब्युरो सदस्य तथा यस अघिका मेयरसमेत चौधरीलाई लिड गर्दै आएका छन्। तर, पछिल्लो समय आफ्नो पकेट क्षेत्र आउन थालेपछि ४०० बाट मतान्तर घटाएर चौधरीले २०० मा झारेका छन्।
घोराहीमा गठबन्धनबाट नेपाली कांग्रेसका नेता तथा उपमेयरका उम्मेदवार भूपबहादुर डाँगी भने झन्डै ९ मतान्तरले अगाडि छन्।
कांग्रेसका उपमेयरका उम्मेदवार डाँगी ६६४९ मत प्राप्त गर्दा नेकपा एमालेकी उपमेयरकी उम्मेदवार हुमा डिसीले ५७७३ मत प्राप्त गरेकी छन्।
घोराहीका १९ वडामध्ये वडा नं. १९ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर रायमाझी विजयी भएका छन्।
हालसम्म घोराहीमा १५९९१ मत गणना भइसकेको छ।
घोराहीमा १ लाख १२ हजार ९ सय २७ मतदाता रहेकोमा ७६ हजार ५ सय २१ मत खसेको थियो।