उदयपुरको वेलका नगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार अशोक कार्कीले विपक्षीसँगको मतान्तर बढाएका छन्। कांग्रेसका कार्कीले नेकपा एमालेका दुर्गाकुमार थापालाई ८ सय बढी मतले उछिनेका छन्।
कार्कीले ३०७१ मत ल्याउँदा थापाले २२२५ मत ल्याएका छन्। थापा निवर्तमान मेयर हुन्। उनले त्यो बेला कार्कीलाई नै पछि पार्दै मेयरमा जितेका थिए।
उपाध्यक्षमा पनि गठबन्धनका मनोज तामाङले अग्रता कायम राखेका छन्। माओवादीका तामाङले २०४३ मत ल्याउँदा एमालेकी जिरा राईले १७६२ मत ल्याएकी छन्।
वेलकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल रहेको छ।